आज रातिदेखि मनसुन थप सक्रिय हुने

आज रातिदेखि मनसुन थप सक्रिय हुने

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • आज रातिदेखि मनसुन थप सक्रिय हुने

    काठमाडौं । आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद रोजन लामिछानेकाअनुसार काठमाडौं उपत्यकासहित केही ठाउँमा केही दिनदेखि बिहान र दिउँसो चर्को घाम लाग्ने गरेकोमा भोलिदेखि भने पानी पर्ने सम्भावना छ ।

    काठमाडौंमा आज पनि हिजोजस्तै बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसो या बेलुकीपख बदली भएर पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र  कर्णाली  प्रदेशका  पहाडी भेगका केही ठाउँमा राति र बिहान पानी परेको छ ।

    महाशाखाकाअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली  रही सबै प्रदेशका केही ठाउँहरुमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बाग्मती प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij