पहिरोमा बेपत्ता २ जना मृत भेटिए

पहिरोमा बेपत्ता २ जना मृत भेटिए

शनिवार, श्रावण १९ २०८१
शनिवार, श्रावण १९ २०८१
  • पहिरोमा बेपत्ता २ जना मृत भेटिए

    काठमाडौं । रोल्पामा पहिरोमा घरसँगै पुरिँदै बेपत्ता रहेका नातिनी–बज्यै दुवै जनाको  शव भेटिएको छ। सिउरी पहिरोमा परेका मध्ये झन्डै ७० वर्षीया बज्यै बसुना सुनारको शव शनिबार बिहान पहिला फेला परेको हो।

    पहिरो पन्छाउने क्रममा नातिनी ४ वर्षीया माया सुनारको शव पनि फेला परेको हो। जिल्लाको सुनछहरी गाउँपालिका – ४ कामी डाँडामा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुर्दा उनकी आमा र छोरी बेपत्ता भएका थिए।

    सो सूचना पाउनासाथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएको थियो। शनिबार बिहान घटनास्थलमा इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा थप प्रहरी खटाइएको थियो।

    शुक्रबार देउसिंह र उनकी श्रीमती भने घरमा थिएनन् । उनीहरू कामको शिलशिलामा बाहिर रहेका कारण जोगिएको प्रहरीले जनाएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij