मौलाकालिका केबलकारको भवनबाट लडेर मजदुरको मृत्यु

मौलाकालिका केबलकारको भवनबाट लडेर मजदुरको मृत्यु

शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • मौलाकालिका केबलकारको भवनबाट लडेर मजदुरको मृत्यु

    काठमाडौं । वलपुरको गैडाकाेट नगरपालिका वडा नम्बर १ मा रहेको मौलाकालीका केबलकारको निर्माणाधीन भवनबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बारा जिल्लाको जितपुर उपमहानगरपालिका २० ईनरवा बसडिलुवाका २२ वर्षीय युवक गोरख राउत कुर्मीको चार तला माथिबाट खसेर मृत्यु भएको हो । 

    प्रहरीका अनुसार कुर्मीले निर्माणाधीन भवनमा मार्बलको काम गर्थे । कुर्मीको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij