काठमाडौं । साउन २० गते आइतबार सार्वजनिक बिदा परेको छ । आइतबार मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेकाले सरकारले सार्वजनिक बिदा दिने भएको हो । मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
सार्वजनिक बिदा परेकोले आइतबार शेयर बजार, बैंक तथा बीमा कम्पनीका साथै सार्वजनिक निकाय बन्द रहनेछन् । अब सोमबारमात्रै शेयर कारोबार खुल्नेछ ।