सुदूरपश्चिममा नागरिक उन्मक्ति पार्टीका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

सुदूरपश्चिममा नागरिक उन्मक्ति पार्टीका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

बिहिवार, श्रावण १७ २०८१
बिहिवार, श्रावण १७ २०८१
  • सुदूरपश्चिममा नागरिक उन्मक्ति पार्टीका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरीले बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाएका हुन् । 

    मुख्यमन्त्रीले शुक्रबार ४ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यसको अघिल्लो दिन चौधरीले राजीनामा दिएका हुन् ।मुख्यमन्त्री सोडारीले आफूले पदभार सम्हालेकै दिन ६ वैशाखमा चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए ।

    २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यसूची रहेको छ । सोडारीले प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गर्ने तयारी गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij