गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारबाट दुई हजारभन्दा बढी सवारी आयात

गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारबाट दुई हजारभन्दा बढी सवारी आयात

बिहिवार, श्रावण १७ २०८१
बिहिवार, श्रावण १७ २०८१
  • गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारबाट दुई हजारभन्दा बढी सवारी आयात

    वीरगञ्ज । गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालय विद्युतीय सवारी साधनभन्दाको तुलनामा इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा नाका हुँदै एक हजार चार सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएकामा सोही अवधिमा यो नाका हुँदै ५ सय ११ वटा विद्युतीय सवारी आयात भएको देखिएको छ ।

    वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आर्थिक बर्षमा २ अर्ब १९ करोड ८९ लाख ९९ हजार रुपैयाँ बराबरका इनधनबाट चल्ने १ हजार ४ सय ३५ वटा जीप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधन आयात हुँदा भन्सार कार्यालयले ४ अर्ब ९६ करोड ९२ लाख १८ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ । आर्थिक बर्ष २०७९/८० मा भने यो कार्यालय हुँदै १ अर्ब ७८ करोड ८७  लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको एक हजार एक सय ४९ वटा जीप, कार र भ्यानहरु आयात भएका थिए । ती सवारीसाधन आयात हुँदा राज्यले ४ अर्ब ९  करोड ५९ लाख १३ हजार राजस्व आम्दानी गरेको थियो । आर्थिक बर्ष २०७९/८० को तुलनामा आर्थिक बर्ष २०८०/८१ मा २ सय ८६ वटा बढी इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएको छ । 

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले आव २०७९/८० को तुलनामा आर्थिक बर्ष २०८०/८१ मा सवारीसाधनको आयात घट्दा पनि लक्ष्य अनुसारको राजस्व पछ्याउन नसकिएको बताए । “गत आर्थिक बर्षमा आर्थिक मन्दी र सवारीसाधनको आयातमा कमी हुँदा राजस्व सङ्कलनमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ”, उनले भने । 

    आर्थिक बर्ष २०८०/८१ मा १ अर्ब १४ करोड ५० लाख ६७ हजार रुपैयाँ मूल्य पर्ने पाँच सय ११ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधन आयात हुँदा कार्यालयले ५८ करोड १३ लाख १३ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ ।

    कार्यालय काअनुसार आर्थिक बर्ष २०७९/८० मा यो भन्सार कार्यालय हुँदै १ अर्ब ५३ करोड रुपैयाँ मूल्य पर्ने तीन सय ९६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए ।सो आर्थिक बर्षमा यो कार्यालयले भन्सारवापत ६० करोड ८८ लाख ६२ हजार रुपैयाँ सङ्कलन  गरेको छ ।

    आर्थिक बर्ष २०८०/८१ मा ३५ करोड ३८ लाख ४० हजार रुपैयाँ मूल्य पर्ने दुई सय ४० वटा डबल क्याव पीकअप सवारी आयात भएको थियो । सो गाडी आयात हुँदा ५९ करोड ८४ लाख ४१ हजार राजस्व सङ्कलन भएको थियो । जबकी आर्थिक बर्ष २०७९/८० मा भने १ अर्ब १० करोड १३ लाख मूल्य पर्ने सात सय ७५ वटा डबल क्याव पीकअप गाडी आयात भएको थियो । ती गाडी आयात हुँदा राजस्व भने रु एक अर्ब ५५ करोड ४३ लाख १९ हजार सङ्कलन भएको थियो । सङ्ख्यात्मक रुपमा हेर्दा आर्थिक बर्ष २०७९/८० को तुलनामा गत आर्थिक बर्षमा पाँच सय ३५ वटा कम आयात भएको थियो ।

    आर्थिक बर्ष २०८०/८१ मा २७ करोड ४४ लाख ८९ हजार रुपैयाँ मूल्य पर्ने दुई हजार छ सय १३ वटा मोटरसाइकल आयात भएको थियो । जसबाट ३४ करोड ५४ लाख १० हजार रुपैया राजस्व सङ्कलन भएको छ । जबकी आर्थिक बर्ष २०७९/८० मा भने ८३ करोड १९ लाख २ हजार  रुपैया मूल्य पर्ने आठ हजार  सय ९५ थान मोटरसाइकल आयात हुँदा एक अर्ब १८ लाख राजस्व सङ्कलन भयो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा मोटरसाइकलका सङ्ख्याको आधारमा ६९.९५ प्रतिशत र राजस्वको आधारमा ६५ दशमलव ५२ प्रतिशतले घटेको छ ।  

    आर्थिक बर्ष २०८०/८१ मा ९९ करोड ८४ लाख २३ हजार मूल्य पर्ने चार सय ७८ वटा ट्रक, मिनि ट्रक आयात हुँदा ५७ करोड ९ लाख २४ हजार  रुपैया राजस्व सङ्कलन भएको छ । आर्थिक बर्ष २०७९/८० मा भने ८३ करोड ७४ लाख ६९ हजार रुपैया मूल्यका तीन सय ५४ वटा ट्रक, मिनि ट्रकको आयात हुँदा राज्यले ४८ करोड ३२ लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । 

    आव २०७९/८० को तुलनामा सङ्ख्यात्मक रुपमा ती गाडीको आयात ३५ दशमलव ३ प्रतिशतले बढेको छ । भने सोही अवधिमा राजस्व पनि १८ दशमलव १५ प्रतिशतले बढेको छ । कार्यालयका अनुसार गत आर्थिक बर्षमा आयात भएका सवारीसाधन र सवारीसाधनसँग सम्बन्धित पार्टसले कूल राजस्व सङ्कलनमा  आठ दशमलव २८ प्रतिशत हिस्सा ओगट्ने  बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij