काठमाडौं । सिन्धुलीमा खोलाले बगाएर एक बालकको मृत्यु भएकाे छ । सिन्धुलीको लाम्पान्टार गाउँपालिका ११ लुभुको स्थानीय हाँडी खोलाले बगाउँदा चार वर्षीय बालक मन्जिल तामाङको मृत्यु भएको हाे ।
घर नजिकै खोलामा खेलिरहेका बालक तामाङलाई बगाएर दोभानमा पुर्याएपछि स्थानीयले देखेर खबर गरेका थिए । बालकको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।