काठमाडौंमा दुई समूहबीच झडप हुँदा एक युवाको मृत्यु, ६ जना घाइते

काठमाडौंमा दुई समूहबीच झडप हुँदा एक युवाको मृत्यु, ६ जना घाइते

बिहिवार, श्रावण १७ २०८१
बिहिवार, श्रावण १७ २०८१
  • काठमाडौंमा दुई समूहबीच झडप हुँदा एक युवाको मृत्यु, ६ जना घाइते

    काठमाडौं । काठमाडौंमा दुई समूहबीच झडप हुँदा एक युवाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । काठमाडौं महानगरपालिका–१७ पोडेटोलस्थित २ नम्बर गल्लीमा भएको झडपमा परी वर्ष ३३ का अनित पुजारीको ज्यान गएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएकाे छ ।

    उक्त घटनामा स्थानीय सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी र अमृत पुजारी घाइते भएका छन् ।

    छिमेकी–छिमेकीबीच विवाद हुँदा घटना भएको बताइएको छ । धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका अनितको पछि मृत्यु भएको हो । 

    घाइतेहरूको शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij