राष्ट्रिय परिचयपत्र वितरणलाई तीव्रता दिन गृहमन्त्री लेखकको निर्देशन

राष्ट्रिय परिचयपत्र वितरणलाई तीव्रता दिन गृहमन्त्री लेखकको निर्देशन

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • राष्ट्रिय परिचयपत्र वितरणलाई तीव्रता दिन गृहमन्त्री लेखकको निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्य तीव्रता दिन निर्देशन दिएका हुन् । 

    ‘राष्ट्रिय परिचयपत्र बनाउन १ करोड ५१ लाखको विवरण संकलन भइसकेको छ । कार्ड छपाई ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी छ,’ उनले भने, ‘वितरणको सङ्ख्या एक दम कम भयो । अरू सबै कुरा ठिक छ । ८ लाख ४७ हजार मात्र हामीले वितरण गरौँ । वितरणको पाटोलाई तीव्रता दिनुहोला ।’

    गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सुशासनसँग सम्बन्धित रहेको बताए  लेखकले ज्येष्ठ नागरिकलाई घरघर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने गरी काम गर्न पनि निर्देशन दिएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij