मेची प्रादेशिक अस्पतालमा कार्यरत एक कर्मचारी अस्पतालभित्रै मृत अवस्थामा फेला

मेची प्रादेशिक अस्पतालमा कार्यरत एक कर्मचारी अस्पतालभित्रै मृत अवस्थामा फेला

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • मेची प्रादेशिक अस्पतालमा कार्यरत एक कर्मचारी अस्पतालभित्रै मृत अवस्थामा फेला

    काठमाडौं ।  मेची प्रादेशिक अस्पतालमा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । बुधबार (आज) अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट २४ वर्षिय सुरज शर्मा मृत अवस्थामा फेला परेका हुन् ।

    भद्रपुर नगरपालिका–१० निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तलाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    बिहान सरसफाइ कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि पठाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij