काठमाडौं । बुधबार बिहानदेखि परेको अविरल बर्षाका कारण गोरुसिंगे—सन्धिखर्क सडक अबरुद्ध भएको छ ।सन्धिखर्क नगरपालिकाको दहखोला र शितगंगा नगरपालिकाको राजुबासमा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।
सडक खुलाउने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ । सडक अबरुद्ध बनेपछि जिल्ला बाहिर जाने र बाहिरबाट जिल्ला आउने यात्रुहरु बिचबाटोमा रोकिएका छन् ।