राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले दिए राजीनामा

राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले दिए राजीनामा

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले दिए राजीनामा

    काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन् । उनले साउन ९ गतेबाटै लागू हुने गरी राजीनामा दिएका हुन् । 

    उनलाई २०८० जेठ ३२ गते राष्ट्रिय सुरक्षा परिषदमा नयाँ पद सिर्जना गरेर राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो। वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने भएपछि बैरागीका लागि सरकारले उक्त पद सिर्जना गरेको थियो।

    राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। बैरागीलाई मन्त्री सरहको सेवा सुविधा दिने गरी राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको थियो।

     

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij