पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु

पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु

    काठमाडौं । पोखरीमा डुबेर चन्द्रागिरिमा १६ महिने बालकको मृत्यु भएको छ । मंगलबार चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङस्थित पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु भएको हो ।

    चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङस्थित पोखरीमा डुबेर रोल्पा स्थायी घर भएका श्रवण वली गम्भीर घाइते भएका थिए । 

    रोल्पाको त्रिवेणी गाउँपालिका–१ घर भई बाडभञ्ज्याङ बस्दै आएकी झरना वलीका १६ महिनाका छोरा श्रवणको उपचारको क्रममा बुधबार कान्ति बाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij