गोंगबु नयाँबसपार्कमा पार्किङ गरिएको बसभित्र युवकको शव फेला

गोंगबु नयाँबसपार्कमा पार्किङ गरिएको बसभित्र युवकको शव फेला

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • गोंगबु नयाँबसपार्कमा पार्किङ गरिएको बसभित्र युवकको शव फेला

    काठमाडौं ।   नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो ।

    उक्त शव सुनसरीको इटहरी घर भएका ३७ वर्षीय प्रल्हाद अधिकारीको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

    काठमाडौं प्रहरी परिसरले घटनाबारे अनुसन्धान भइरहेको जनाएकाे छ । अधिकारीको केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij