बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

    काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

    बौद्धगेटस्थित सडकमा बा ९० प ५२०७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । मंगलबार राति दुर्घटना हुँदा चितवनको राप्ती नगरपालिका–९ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्दै आएका ५२ वर्षीय टीकाबहादुर पुन मगर गम्भीर घाइते भएका थिए ।

    उनको उपचारको क्रममा स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij