टी–२० अलराउन्डर वरीयतामा सीताको पाँच स्थान सुधार

टी–२० अलराउन्डर वरीयतामा सीताको पाँच स्थान सुधार

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • टी–२० अलराउन्डर वरीयतामा सीताको पाँच स्थान सुधार

    काठमाडौं । महिला टी-२० अलराउन्डरको विश्व वरियतामा नेपालकी सीता रानामगरले ५ स्थान सुधार गरेकी छिन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को पछिल्लो वरियताक्रममा सिता ५३ औँ स्थानमा रहेकी छिन् ।

    यस्तै रुबिना क्षेत्री एक स्थान खस्किएर ४९ औँ स्थानमा छिन् । राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माले एक स्थान सुधार गरेर ६६ औँ नम्बरमा पुगेकी छिन् । अन्य नेपाली अलराउन्डर शीर्ष सयभित्र छैनन् ।

    यस्तै ब्याटिङ र बलिङको वरियतामा पनि कुनै पनि नेपाली खेलाडी शीर्ष सय भित्र परेका छैनन् ।

    नेपालले हालै एसिया कपमा प्रतिस्पर्धा गर्दै यूएईलाई हराएको थियो भने पाकिस्तान र भारतसँग हार बेहोरेको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij