त्रिशुलीमा हराएका बस र यात्रुको खोजीका लागि चीनको सहयोग माग्ने सरकारको तयारी

त्रिशुलीमा हराएका बस र यात्रुको खोजीका लागि चीनको सहयोग माग्ने सरकारको तयारी

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • त्रिशुलीमा हराएका बस र यात्रुको खोजीका लागि चीनको सहयोग माग्ने सरकारको तयारी

    काठमाडौं । असार अन्तिम साता सिमलतालको पहिरोले बगाएर त्रिशुली नदीमा हराइरहेका दुई बस र यात्रुहरुको खोजीका लागि सरकारले चीनको पनि सहयोग माग्ने भएको छ । बुधबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहसचिव एकनारायण अर्यालले यसबारे जानकारी दिएका हुन् ।

    एक सातासम्म खोजी गर्दा पनि नभेटिएपछि भारतीय टोली केही दिनअघि मात्रै फिर्ता गएको थियो । गृह मन्त्रालयले अब चीन सरकारसँग पनि खोजीका लागि अनुरोध गरिरहेको जनाएको छ ।

    चितवनको सिमतालमा गत असार २८ गते लेदोसहितको पहिरोमा परी दुई वटा यात्रुवाहक बस बेपत्ता भएका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए भने हालसम्म २४ वटा शव भेटिएको छ । अन्य यात्रु र बस अझै भेटिएको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij