१७ वर्ष अगाडि नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्या गर्ने व्यक्ति पक्राउ

१७ वर्ष अगाडि नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्या गर्ने व्यक्ति पक्राउ

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • १७ वर्ष अगाडि नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्या गर्ने व्यक्ति पक्राउ

    काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । २०६४ मा तत्कालीन क्याम्पस प्रमुख धर्मराज विष्टको हत्याको आरोपमा रञ्जन खड्का पक्राउ परेका हुन् । 

    खड्काको समूहलेविष्टको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ । खड्का कोटेश्वरबाट पक्राउ परेका हुन् ।

    हत्यामा संलग्न धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएकी सबिता थापा अधिकारी भनिने सोभिता थापा यसअघि नै पक्राउ परेकी थिइन् । हाल उनी कारागारमा छिन् ।

    २०६४ असार २६ मा ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा धर्मराज विष्ट मृत भेटिएका थिए । त्यतिबेला कमर्स क्याम्पसमा स्नातक तहमा अध्ययनरत शोभिताको योजनामा हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न सोभिताका भाइ विनोद थापा जेल सजाय काटर २०७९ असोजमा रिहा भएका छन् । अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij