काठमाडौं । धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का शिवराज ओझा छन् ।
मंगलबार साँझ ४ बजे काठमाडौंबाट धनगढी उडेको विमानको एअर होस्टेजमाथि ओझाले दुर्व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ । कैलालीको गोदावरी नगरपालिका–१ घर भएका ओझालाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । मङ्गलवार काठमाडौँबाट धनगढी जाने क्रममा उनले सुरुमा एयरहोस्टेज र विवाद बढेपछि विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेको आरोप छ ।