पोर्चुगलस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द

पोर्चुगलस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • पोर्चुगलस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द

    काठमाडौं । पोर्चुगलको लिस्बनमा अवस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द भएको छ । नेपाल सरकारले पोर्चुगलका लागि राजदूत सिफारिस गरेसँगै बाणिज्य दूतावास बन्द भएको हो । 

    नेपाल सरकार परराष्ट्र मन्त्रालयले सन् २०१४ मार्चमा पोर्चुगलको लिस्बनमा अवस्थित हुने गरी अवैतनिक नेपाली बाणिज्य दूतावासको स्थापना गरेको थियो । सन् २०२० जुलाईमा बाणिज्य दूतावासलाई महावाणिज्य दूतावासमा पदोन्नति गरिएको थियो । अवैतनिक नेपाली महावाणिज्य दूत मकर बहादुर हमाल एक विज्ञप्ति जारी गर्दै आफ्नो कार्यावधि सकिएको र नवीकरण नहुने मौखिक जानकारी आएकोले सेवा बन्द भएको जानकारी दिएका छन् । 

    पोर्चुगलमा राजदूतावास स्थापनाका लागि राजदूत समेत नियुक्त भएकोले नेपाली राजदूतावास पेरिसबाट आगामी दिनमा काम कारबाही बन्द गर्न मौखिक निर्देशन दिएपछि आजकै मितिबाट लागु हुने गरी अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालय बन्द हुने तथा सेवाग्राहीलाई प्रवाह गरिँदै आएका सम्पूर्ण सेवाहरू बन्द भएको जानकारी गराइन्छ, हमालले सूचनामार्फत जानकारी दिएका छन् ।

    मन्त्रीपरिषद् बैठकले पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई राजदूतको रूपमा सिफारिस गरिसकेको छ । 

    makar

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij