बाढीका कारण भोजपुरमा ८ वटा पुल र जलविद्युत आयोजनामा क्षति

बाढीका कारण भोजपुरमा ८ वटा पुल र जलविद्युत आयोजनामा क्षति

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • बाढीका कारण भोजपुरमा ८ वटा पुल र जलविद्युत आयोजनामा क्षति

    काठमाडौं । भोजपुरको थुम्लुङ खोलाबाट सुरु भएको इर्खुवा खोला बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीले ८ वटा पुल र एउटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ ।

    बाढीले स्थानीय बागवालुङ झोलुंगे पुल, दोभाने झोलुंगे पुल,  नागदह झोलुंगे पुल, गोथेबजार झोलुंगे पुल, टावुटार झोलुंगे पुल, निर्माणाधीन नागदह पक्की पुल, निर्माणकार्य सम्पन्न हुन लागेको तावुटार पक्की पुल र गौडेनी पक्की पुलमा क्षति पुर्याएको हो ।त्यस्तै इर्खुवा खोलाको बाढीले त्यहाँ बनिरहेको इर्खुवा हाइड्रोपावर पूर्ण रुपमा क्षति पुर्‍याएको छ । 

    बाढीले बगाउँदा इर्खुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता छन् । मध्यरातमा आएको बाढीले ३ जनालाई बगाउँदा एकजनाको भने उद्धार गरिएको र उनको उपचार भइरहेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij