काठमाडौं । बाढीले पुलमा क्षति गरेपछि महेन्द्र राजमार्गको बाँके जंगल खण्डमा यातायात सेवा अवरुद्ध भएको छ ।
महोत्तरीको बाँके जंगल खण्डमा महेन्द्र राजमार्गको पुलमा बाढीले क्षति पुर्याएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यातायात अवरुद्ध भएपछि सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।
गएराति आएको बाढीले पुलमा क्षति गरेको छ । पुल बिच भागमै भाँचिएको छ ।