काठमाडौं उपत्यकाका नदीहरुको जलसतह खतराको तह आसपास, सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकाका नदीहरुको जलसतह खतराको तह आसपास, सतर्कता अपनाउन आग्रह

बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • काठमाडौं उपत्यकाका नदीहरुको जलसतह खतराको तह आसपास, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो । 

    भारी वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी तथा खोलामा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको  छ । 

    खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ । 

    ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेकोले त्यहाँ पनि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij