जिल्ला र उच्च अदालतका ९१ न्यायाधीशको सरुवा, को कहाँ पुगे ?

जिल्ला र उच्च अदालतका ९१ न्यायाधीशको सरुवा, को कहाँ पुगे ?

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • जिल्ला र उच्च अदालतका ९१ न्यायाधीशको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।

    उच्च अदालत पाटका न्यायाधीश धीरबहादुर चन्दलाई  उच्च अदालत जनकपुर राजविराज इजलासमा पठाइएको छ भने  उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासमा रहेका न्यायाधीश लेखनाथ पौडेललाई उच्च अदालत पाटनमा ल्याइएको छ । उनी उच्च अदालत पाटनमा काजमा थिए ।

    यस्तै उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत सुर्खेतमा सरूवा गरिएको छ भने उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानलाई भने  उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा पठाइएको छ ।

    यस्तै जिल्ला न्यायाधीशहरूको पनि व्‍यापक सरूवा गरिएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश (काजः सर्वोच्च अदालत) महेन्द्रबहादुर कार्कीलाई काठमाडौं जिल्ला अदालतमा सरूवा गरिएको छ भने  डडेल्धुरा जिल्ला अदालतका न्‍यायाधीश (काजः चितवन जिल्ला अदालत) दयाराम ढकाललाई चितवन जिल्ला अदालतमा सरूवा गरिएको छ ।

    को कहाँ पुगे ? (सूचीसहित)

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij