दाङमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु, पूर्व-पश्चिम राजमार्ग बन्द

दाङमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु, पूर्व-पश्चिम राजमार्ग बन्द

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • दाङमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु, पूर्व-पश्चिम राजमार्ग बन्द

    काठमाडौं । दाङको राप्तीमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सुदूरपश्चिम प्रदेश ००१६ ख २७७९ नम्बरको ट्रकले राप्ती गाउँपालिका-१ भालुबाङ चोकमा ठक्कर दिँदा स्थानीय ५० वर्षीय लोकप्रसाद भट्टराईको मृत्यु भएको हो । 

    मृतकका आफन्तले दोषीमाथि कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै पूर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् । राजमार्ग बन्द हुँदा भालुवाङ तनावग्रस्त बनेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij