संसद् भवन निर्माण कार्य छिटो सक्न सहरी विकास मन्त्री सिंहको निर्देशन

संसद् भवन निर्माण कार्य छिटो सक्न सहरी विकास मन्त्री सिंहको निर्देशन

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • संसद् भवन निर्माण कार्य छिटो सक्न सहरी विकास मन्त्री सिंहको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको काम छिटो सक्न निर्देशन दिएका छन् । आज निर्माणाधीन संसद भवनको स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

    २०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि समयमै सम्पन्न हुन सकेको छैन । भ्याटबाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले पाएको थियो । 

    अनुगमनपछि उपप्रधानमन्त्री सिंहले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न चाहेको भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन्। निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको नदेखिएको उनले बताए ।

    सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले कम्तिमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिइए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताइएको छ ।

    उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री सिंह अनुगमनमा जाँदा ठेकेदार कम्पनीका प्रतिनिधिहरु भने थिएनन् । यसअघि ठेकदार कम्पनीले ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको दाबी गरे पनि सभामुख घिमिरेले संरचनाले त्यसको पुष्टि नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij