धनुषामा धारिलो हतियारको प्रहारबाट एक पुरुषको हत्या

धनुषामा धारिलो हतियारको प्रहारबाट एक पुरुषको हत्या

सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • धनुषामा धारिलो हतियारको प्रहारबाट एक पुरुषको हत्या

    काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका-२, मंगलपुरमा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ । सोही ठाउँ बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको हो । 

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले सोमबार ठाकुरको हत्या भएको बताए । हत्या अभियोगमा सोही ठाउँ बस्ने सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए । 

    ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा जनकपुर पठाइएको र घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रवक्ता अवाले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij