धार्चे पहिरो अपडेट : बेपत्तामध्ये एक जनाको शव फेला

धार्चे पहिरो अपडेट : बेपत्तामध्ये एक जनाको शव फेला

सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • धार्चे पहिरो अपडेट : बेपत्तामध्ये एक जनाको शव फेला

    काठमाडौं ।  धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसे फााटमा आइतबार पहिरोमा परी बेपत्ता भएकामध्ये एक जना मृत भेटिएका छन् । पहिरोले बगाएको घरभन्दा करिब २०/२५ मिटरतल एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ । 

    शव पहिरोले पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ । ६० वर्षीय सुलाल कान्छा गुरुङको शव रहेको प्रहरीले जनाएको छ । पहिरो स्थलमा एक जनाको शव भेटिएको र अहिले मुचुल्का उठाउने काम भइरहेको जनाइएकाे छ ।

    पहिरोमा परी बेपत्ता अन्यको भने खोजी भइरहेको छ । आइतबार बिहान करिब २ बजेतिर खसेको पहिरोमा परी ५ जना बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले बेपत्ता बनेकाहरूको सोमबार बिहानैबाट खोजी भइरहेको छ ।

    लेदो रहेको क्षेत्रफल ठूलो रहेकाले जेसीभीको सहायताले पनि बेपत्ताहरूको खोजी गरिएको छ । रेसे फााटमा गएको पहिरोमा परी घाइते बनेका दुई जनाको भने आइतबार नै उद्धार गरिएको छ । धार्चे गाउँपालिका–५ का सुलाल कान्छा गुरुङ, उनका छोरा जितबहादुर गुरुङ, बुहारी कान्छी गुरुङ, धार्चे–५ का रमेश गुरुङ र आरुघाट गाउँपालिकाका रमेश परियार बेपत्ता भएका थिए । बेपत्ता भएका ५ र घाइते दुई गरी सातैजना वाटर इनर्जी हाइड्रो पावरमा आबद्ध कर्मचारी, कामदार तथा निर्माण व्यवसायी रहेको धार्चे गाउँपालिकाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij