सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले गरे मन्त्री थापालाई बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले गरे मन्त्री थापालाई बर्खास्त

आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले  गरे मन्त्री थापालाई बर्खास्त

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई बर्खास्त गरेका छन् । आफ्नो निर्देशन विपरीत प्रदेश सभाको बैठकमा सहभागी भएको भन्दै मुख्यमन्त्री सोडारीले थापालाई बर्खास्त गरेका हुन् ।

    मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले थापालाई पदबाट बर्खास्त गरिएको बताए । थापा प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभाको विशेष अधिवेशनको बैठकमा सहभागी भएकी थिइन् ।

    ८ साउनमा बसेको पहिलो र आइतबार बसेको दोस्रो बैठकमा सहभागी भएपछि थापालाई मन्त्रीबाट बर्खास्त गरिएको हो । एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट अध्यादेशमार्फत ल्याउन खोजेका थिए ।

    तर प्रदेश प्रमुख नजिर मियाँले २९ असारमा सरकारले सिफारिस गरेको बजेट अधिवेशन अन्त्य गर्ने सम्बन्धी पत्र ३ साउनमा मात्र कार्यान्वयन गरेका थिए । कांग्रेस र एमालेका एक चौथाइभन्दा बढी प्रदेश सभा सदस्यको मागबमोजिम भोलिपल्ट विशेष अधिवेशन आह्वान गरेका थिए ।

    सरकारले बजेट ल्याउन नसकेपछि सुदूरपश्चिम प्रदेश साउन १ गतेदेखि बजेट शून्यतामा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij