काठमाडौं । सूचनाप्रविधि विद् असगर अली प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञ नियुक्त भएका छन् । उनी सेवा सुविधा नलिने गरी सचिस्तरको विज्ञ पदमा नियुक्त भएका हुन् ।
यसअघि पनि २०७४ मा ओली प्रधानमन्त्री हुँदा पनि अली सूचना प्रविधि विज्ञ थिए । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार अलीले नियुक्ति बुझेर काम थालिसकेको जनाइएको छ ।