काठमाडौंबाट नगद र सुनका गहना चोरी भाग्दै गरेका व्यक्ति पक्राउ

काठमाडौंबाट नगद र सुनका गहना चोरी भाग्दै गरेका व्यक्ति पक्राउ

आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • काठमाडौंबाट नगद र सुनका गहना चोरी भाग्दै गरेका व्यक्ति पक्राउ

    काठमाडौं । चोरी गरी भाग्दै गरेको अवस्थामा नुवाकोट विदुर नगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रूपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij