भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई पक्राउ गर्ने डिआईजीको सरुवा

भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई पक्राउ गर्ने डिआईजीको सरुवा

आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई पक्राउ गर्ने डिआईजीको सरुवा

    काठमाडौं । भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई पक्राउ गर्ने डिआईजीको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले गत बुधवार मन्त्री स्तरीय निर्णयबाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीको सरुवा गरेका हुन् । 

    उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्युरोमा पठाइएको छ । 

    केसीको दुई महिना नबित्दै सरुवा गरिएको हो । केसी र अधिकारी गत जेठ ४ गते सँगै बढुवा सिफारिसमा परेका थिए । बढुवा हुनुअघि केसी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा कार्यरत थिए । 

    नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र प्रतीक थापालाई पक्राउ गर्न केसीको भूमिका थियो । दुवैलाई असार १४ गते शुक्रबार पक्राउ गरेको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij