काठमाडौं । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–६ आश्राङस्थित प्रहरी चौकीमा बाढी पसेको छ । गएराति स्थानीय लिकुनी खोलामा आएको बाढीका कारण ह्युम पाइप पुरिएपछि प्रहरी चौकीमा बाढी पसेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार चौकी नजिकै स्कुलमा पनि बाढी पसेको छ । चौकीभित्रै खहेर पस्दा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।
चौकीमा बाढी पसेपछि राति १२ बजेबाटै लत्ताकपडा, र बन्दोबस्तीका सामानहरु सारिएको थियो । अहिले खहरे रोकिए पनि चौकीभित्र लेदा भरिएकाले बस्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।