हाइकिङ गएकाहरूलाई लुटपाट गरेको आरोमा लामा पक्राउ

हाइकिङ गएकाहरूलाई लुटपाट गरेको आरोमा लामा पक्राउ

आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • हाइकिङ गएकाहरूलाई लुटपाट गरेको आरोमा  लामा पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा रहेका छन् । 

    उनी हाइकिङ गर्नेमाथि लुटपाट गर्ने गिरोहका मुख्य नाइके रहेको प्रहरीले जनाएको छ । दहचोकको कालुपाँडे विन्दावासिनी क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको अवस्थामा शनिबार उनलाई पक्राउ गरिएको हो । 

    पक्राउ परेका लामाको साथवाट दुई थना खुकरी, सुनको बेरुवा औठी, सिक्री, रिङ, ब्रासलेटलगायतका गरी करिब ११ लाख बराबरको गरगहना बरामद भएका छन् । साथै १३ हजार ४ सय नगद पनि बरामद भएको छ ।

    लुटपाट गरेर नागार्जुनको हर्सनटार हुँदै कलंकीतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनीसहित तीन जनाको समूह आए पनि बाँकी २ जना भने फरार भएका छन् ।

    यो समूहले नागार्जुन र चम्पादेवी क्षेत्रमा हाइकिङ गर्न गएकाहरुमाथि लुटपाट गरेको आरोप छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij