महाकाली नदीमा हामफालेर एक महिला बेपत्ता

महाकाली नदीमा हामफालेर एक महिला बेपत्ता

आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • महाकाली नदीमा हामफालेर एक महिला बेपत्ता

    काठमाडौं । दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन् । 

    आज साँझ ६:३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिषा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

    कुँवर हामफाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

    केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई समात्न नजिकै पुगेका बेला कुँवर नदीमा हामफालेकी हुन् । 

    अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij