मोरङमा मोटरसाइकल दुर्घटनामा हुँदा बालिकाको मृत्यु, बुबाआमा घाइते

मोरङमा मोटरसाइकल दुर्घटनामा हुँदा बालिकाको मृत्यु, बुबाआमा घाइते

आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • मोरङमा मोटरसाइकल दुर्घटनामा हुँदा बालिकाको मृत्यु, बुबाआमा घाइते

    काठमाडौं ।  मोरङको मिक्लाजुङ गाउँपालिका रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी–१ की ११ वर्षीया सुस्मिना धिमाल रहेकी छिन् । उनको बुबा ३७ वर्षीय सुनिलकुमार धिमाल, उनकी आमा ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल घाइते भएका छन् । 

    शनिवार दिउँसो सभा ३ बजेतिर मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ झण्डे डाँडाको घुमाउरो बाटोमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार तीनै जना शक्त घाइते भएका थिए । घाइतेलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएको थियो ।

    उपचारकै क्रममा बालिकाको भने मृत्यु भएको प्रहरीले जनाएको छ । रमिते टाँडी भित्री सडक खण्डमा उनीहरू सवार बा २७ प १८३५ नम्बरको मोटरसाइकल ७० फिट तल झरेको थियो । बालिकाको शवलाई पोस्टमार्टमको लागि उर्लाबारी ३ मङ्गलवारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij