धुलिखेलमा मिनि टिप्परको ठक्करबाट एक जनाको मृत्यु

धुलिखेलमा मिनि टिप्परको ठक्करबाट एक जनाको मृत्यु

शनिवार, श्रावण १२ २०८१
शनिवार, श्रावण १२ २०८१
  • धुलिखेलमा मिनि टिप्परको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । काभ्रेको अरनिको राजमार्गस्थित धुलिखेल नगरपालिका-३ बाँसघारीमा टिप्परले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । गए राति १० बजे धुलिखेल नगरपालिका -३ बाँसघारी स्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको बा.प्र. ०१-००४ क ०१३० नम्बरको मिनि टिप्परले पैदल यात्री लालबहादुर तामाङलाई ठक्कर दिएको हो । 

    घाइते लालबहादुरको धुलिखेल अस्पताल मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवारी साधन मिनि ट्रिप्पर र चालक महाभारत गाउँपालिका-४ बस्ने ३१ वर्षीयको पदम लामा जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij