पौडी खेल्ने क्रममा खोलाले बगाउँदा २ किशोरीको मृत्यु

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा २ किशोरीको मृत्यु

शनिवार, श्रावण १२ २०८१
शनिवार, श्रावण १२ २०८१
  • पौडी खेल्ने क्रममा खोलाले बगाउँदा २ किशोरीको मृत्यु

    काठमाडौं ।  पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

    दैलेख महाबु गाउँपालिका ३, बाँसी घर भएका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए । नातामा सपना फुपू हुन् भने भावना भतिजी ।

    गोठाला गएका किशोरीहरु छामघाटको कुन्टामा पौडी खेल्दै गर्दा बगेकामा झन्डै पाँच सय मिटर टाढा काफलखेतनजिक सपना र करिब ३ किलोमिटर टाढा जडेपिपलनजिक भावनाको शव फेला परेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij