विपदमा परी १ सय ३९ जनाको मृत्यु

विपदमा परी १ सय ३९ जनाको मृत्यु

शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • विपदमा परी १ सय ३९ जनाको मृत्यु

    काठमाडौं । मौसमजन्य विपद्मा परी आज अपराह्नसम्म मुलुकभर १ सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
     
    बाढीपहिरामा परी कोशी र बागमती प्रदेशमा दुई÷दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक÷एक गरी छजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद्मा परी एक सय ५६ जना घाइते भएका छन् ।
     
    बाढीका कारण जम्मा १ सय ८४ घर डुबानमा परेका छन् भने २ सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट ४ हजार ३० घरपरिवार विस्थापित भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij