सौर्य एयर दुर्घटनाका घाइते क्याप्टेन शाक्यलाई आईसीयूबाट सारियो

सौर्य एयर दुर्घटनाका घाइते क्याप्टेन शाक्यलाई आईसीयूबाट सारियो

शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • सौर्य एयर दुर्घटनाका घाइते क्याप्टेन शाक्यलाई आईसीयूबाट सारियो

    काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ ।

    क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको जनाइएको छ । हिजो एमआरआई गर्दा खासै जटिलता नदेखिएपछि आईसीयुबाट क्याबिनमा सारिएको जनाइएको छ । शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन वटा करंगहरू भाँचिएको थियो । उनलाई अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । बिरामीका आगन्तुकलाई भेट्न दिइएको छैन ।

    काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा पुर्याइएको थियो । उनी खतरामुक्त छन् र स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij