नेपाल सरकारको मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त

नेपाल सरकारको मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त

बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • नेपाल सरकारको मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त

    काठमाडौं । सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

    गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो । गड्तौलाको कार्यकाल भने छोटो हुनेछ । मुख्यसचिव गड्तौलाले यही भदौ १५ गते अवकाश पाउँदै छिन् ।

    तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij