भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • भीरबाट लडेर महिलाको मृत्यु

    बैतडी । घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथ रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।  

    आज घर नजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका बेला २ सय मिटर तल खस्न गई उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij