पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीबाटै भएको प्रहरीको निष्कर्ष

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीबाटै भएको प्रहरीको निष्कर्ष

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीबाटै भएको प्रहरीको निष्कर्ष

    काठमाडौं । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीले नै गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका हुन् ।

    घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय राम उजेन रायले उनको हत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् । प्रहरीसँग आरोपीले हत्या गरेको स्वीकारेका छन् । पूर्वमन्त्रीले गाली गरेपछि आवेशमा उनले हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार उनले पोलिग्राफ परीक्षण गर्दा उनले ढाँटेको देखिएको थियो ।

    रतनपुरमा राज्यमन्त्रीका ३ वटा घर छन्। तीमध्ये एउटा घरमा सहयोगी राम उजेन उनीसँगै बस्दै आएका थिए । घरको काम बिगारेको भन्दै गाली गरेपछि आवेशमा फर्से (एक प्रकारको बन्चरो)ले  हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।

    यसअघि राम उजेनले राति घरमा ३ जना मानिसहरू आएको र पूर्वराज्यमन्त्रीको आग्रह अनुसार आफूले ओछ्यान मिलाइदिएको बताएका थिए । पोलिग्राफ परीक्षण गर्दा उनले झुट बोलेको देखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij