काठमाडौं । एक घण्टा देखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण पुनः सुचारु भएको छ । १२ बजेर ५३ मिनेटदेखि विमानस्थल सञ्चालनमा आएको हो ।
विमानस्थलमा सौर्यको जहाज दुर्घटना भएपछि सम्पूर्ण उडान अवतरण बन्द गरेर उद्धार गरिएको थियो । केही विमानहरू आकाशमै होल्ड थिए भने काठमाडौं उड्ने तयारीमा रहेका विमानलाई विभिन्न विमानस्थलमै होल्ड गरिएको थियो । विमान बङ्गलादेशलगायतका जहाज आकाशमै थिए ।
विमानस्थलका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको जनाइएको छ ।