सौर्य एअरलाइन्सको जहाज दुर्घटना : १३ जनाको शव निकालियो

सौर्य एअरलाइन्सको जहाज दुर्घटना : १३ जनाको शव निकालियो

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • सौर्य एअरलाइन्सको जहाज दुर्घटना : १३ जनाको शव निकालियो

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उनको टाउकोमा चोट छ ।

    आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij