सौर्य जहाज दुर्घटना : घटनास्थलमा २ जनाको शव फेला, उद्धार जारी

सौर्य जहाज दुर्घटना : घटनास्थलमा २ जनाको शव फेला, उद्धार जारी

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • सौर्य जहाज दुर्घटना : घटनास्थलमा २ जनाको शव फेला, उद्धार जारी

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । 

    काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । 

    विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

    विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij