२० हजार अमेरिकी डलरसहित एकजना पक्राउ

२० हजार अमेरिकी डलरसहित एकजना पक्राउ

मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • २० हजार अमेरिकी डलरसहित एकजना पक्राउ

    काठमाडौं । अवैध रूपमा चीनतर्फ लैजान लागेको २० हजार अमेरिकी डलरसहित रसुवाबाट एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा आमाछोदिङमो गाउँपालिका- ५ पाजुङका २२ वर्षीय नुर्पु तामाङ छन् । उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

    गोसाइँकुण्ड गाउँपालिका- २ रसुवागढी नाकामा चेकजाँच गर्ने क्रममा नेपालबाट चीनतर्फ पैदल जाँदै गरेका उनलाई १ सय दरका २ सय थान अमेरिकी डलरसहित पक्राउ गरिएको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij