डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

    काठमाडौँ । नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    गृह मन्त्रालय बढुवा समितिकोे सोमबार  बसेको बैठकले डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । एआइजीमा बढुवाका लागि सिफारिस भएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij