नेपाल प्रहरीका ७ एसपीको सरुवा तथा पदस्थापन, को कहाँ ?

नेपाल प्रहरीका ७ एसपीको सरुवा तथा पदस्थापन, को कहाँ ?

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • नेपाल प्रहरीका ७ एसपीको सरुवा तथा पदस्थापन, को कहाँ ?

    काठमाडौं । नेपाल प्रहरीका ७ प्रहरी उपरीक्षक (एसपी)को सरुवा तथा पदस्थापन भएको छ । बिहीबार प्रहरी महानिरीक्षकको निर्णयअनुसार प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको  छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काजीबहादुर आचार्य आएका छन् । उनी जिप्रका पश्चिम नवलपरासीमा थिए । त्यहाँ मानव बेचविखन अनुसनधान ब्युरो मानव बेचविखन अनुसन्धान शाखामा रहेका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँललाई पठाएको छ ।

    मानव बेचविखन अनुसन्धान शाखामा एकनारायण कोइरालाको सरुवा भएको छ । उनी नेपालप्रहरी विपद् व्यवस्थापन कार्यालय/कार्यपरिचलन शाखामा कार्यरत थिए ।

    अपराध अनुसन्धान विद्यालय मानव स्रोत व्यवस्थापन शाखामा रहेका एसपी प्रदीपबहादुर क्षेत्रीको कोशी प्रदेश प्रहरी गण, विराटनगरमा सरुवा भएको छ ।

    मधेश प्रदेश प्रहरी गण जनकपुरमा रहेका हरिहरनाथ योगीलाई बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा गरिएको छ ।

    मधेश प्रदेश प्रहरी गणमा नारायण रञ्जितकार गएका छन्, जो नेपाल प्रहरी विद्यालय, साँगामा थिए ।

    राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका अनन्तराम शर्माको गण्डकी प्रदेश प्रहरी गण, पोखरा सरुवा भएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij