२० प्रतिशतभन्दा धेरै नेपाली गरिबीको रेखामुनि, भाडाका घरमा बस्ने परिवार १५ प्रतिशत

२० प्रतिशतभन्दा धेरै नेपाली गरिबीको रेखामुनि, भाडाका घरमा बस्ने परिवार १५ प्रतिशत

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • २० प्रतिशतभन्दा धेरै नेपाली गरिबीको रेखामुनि, भाडाका घरमा बस्ने परिवार १५ प्रतिशत

    काठमाडौं । नेपालमा २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण तथ्याङ्कीय प्रतिवेदनले नेपालमा अझै २० प्रतिशतभन्दा धेरै जसङ्ख्या गरिबीकाे रेखामुनि रहेका देखाएकाे हाे । प्रदेशगत रूपमा हेर्दा गरिबीकाे रेखामुनि रहेकाे जनसङ्ख्या सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम बाग्मती प्रदेशमा छ ।

    प्रतिवेदनले आफ्नै घर भएका जनसङ्ख्या ८१ दशमलव ४ प्रतिशत देखाएकाे छ । यस्तै १५ दशमलव १ प्रतिशत परिवार भाडाका घरमा बस्ने गरेका र २ दशमलव ७ प्रतिशत परिवारसँग घर नभएकाे सर्वेक्षणले देखाएको छ ।

    यस्तै विद्यालयमा पहुँच भएका विद्यार्थीको सङ्ख्या ७० दशमलव २ प्रतिशत रहेकाे छ । सरुवा रोग लागेका जनसङ्ख्या २४ दशमलव ९ र नसर्ने रोग लागेका जनसङ्ख्या १८ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २९ दशमलव ३ प्रतिशत जनसङ्ख्या चिकित्सा परामर्शको पहुँचमा रहेका सर्वेक्षणले देखाएकाे छ ।

    यस्तै प्रति घरपरिवारको आय वार्षिक ४३ हजार ७ सय ३२ रुपैयाँ रहेको छ । प्रतिवेदनअनुसार नेपालमा रोजगारी ३२ दशमलव ४ प्रतिशत रहेको छ भने बेरोजगारी ४ दशमलव ७ प्रतिशत रहेको छ । श्रमशक्तिमा नभएका जनसङ्ख्या ६२ दशमलव ९ प्रतिशत रहेको छ ।

    यस्तै विदेशबाट रेमिट्यान्स भित्रिने घरपरिवार औसत ४९ दशमलव ४ प्रतिशत रहेको छ । न्यूनतम आधारभूत आवश्यकताको औसत लागत वार्षिक ७२ हजार नौ सय आठ रुपैयाँ रहेको प्रतिवेदनले देखाएकाे छ । यसमा खानामा ३५ हजार २९ र खानाबाहेक ३७ हजार आठ सय ७९ रुपैयाँ रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij